२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

आयोगका पदाधिकारी र उपराष्ट्रपति बिच भेट



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीले शुक्रबार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा अवगत गराउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगले कुनै कसर बाँकी नराख्ने बताए ।

उपराष्ट्रपति पुनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने कार्यमा आयोगले पूर्ण सफलता प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गरे । उनले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका युवाहरूले समेत मतदान गर्न पाउने गरी ‘कट अफ डेट’ तय गरेको र आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि समानुपातिक प्रणालीतर्फ मतदान गर्ने अवसरका लागि अस्थायी मतदाताको समेत व्यवस्था गरेकामा आयोगको उच्च प्रशंसा गरे ।

सो अवसरमा आयोगका आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ