२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष दाहाल



गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहालले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन् ।

गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा शुक्रबार आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए । मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएको र त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्ने उनको भनाई छ ।

आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उनले अपिल गरे । अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य नभई गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन भएको उनको जिकिर थियो ।

संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ