२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यकः उपाध्यक्ष पौडेल



रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

शुक्रवार रुपन्देही क्षेत्र नम्बर २ मा चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उनले विकासको मार्गमा देशलाई अघि ढाउन, राष्ट्रका मागहरु सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न नेकपा एमालेको सरकार बन्न आवश्यक रहेको बताए ।

उपाध्यक्ष पौडेलले नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहीतालाई ध्यान दिइ निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेको प्रष्ट पारे । उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकारपनि नेकपा एमालेको बनेमा गरेका प्रतिवद्धता पूरा गर्ने दावी गरे ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ