१६ बैशाख २०८२, मंगलबार । April 29, 2025

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला सुरु



रुकुम । रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला सुरु भएको छ ।

मुसीकोट नगरपालिका ५, थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिर परिसरमा शुक्रबारहरिबोधनी एकादशिदेखि धार्मिक मेला सुरु भएको हो । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भएपनि हरेक एकादशि देखि मेला सुरु हुने गर्छ । यो वर्ष कात्तिक २२ गते मुख्य मेला परेको छ ।

मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भएपनि हरिबोधनी एकादशिका दिनबाट विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको संख्या पनि धरै हुन्छ । एकादशिदेखि चतुर्दशिसम्म विशेष पूजाआजा हुन्छ र पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । एकादशिका र पूर्णिमाको दिन बलि चढाउन नमिल्ने तर पुजाआजा भने हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

शनिबार देखि २१ गते चतुर्दशीका दिन सम्म भने बोकाको बलि चढाउका साथै पुजाआजा हुने गर्छ । डिग्रे मेला जिल्ला तथा कर्णाली प्रदेशकै ठूलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिम संगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ संगै अन्य जिल्लाका भक्तजनहरु पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।

यस मन्दिरमा दर्शन तथा पुजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विस्वास रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा