५ बैशाख २०८३, शनिबार । April 19, 2026

रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला सुरु


१८ कार्तिक २०७९, शुक्रबार  

6
Shares

रुकुम । रुकुम पश्चिमको प्रसिद्ध धार्मिक डिग्रे मेला सुरु भएको छ ।

मुसीकोट नगरपालिका ५, थर्पुमा रहेको डिग्रे शाइकुमारी मन्दिर परिसरमा शुक्रबारहरिबोधनी एकादशिदेखि धार्मिक मेला सुरु भएको हो । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने भएपनि हरेक एकादशि देखि मेला सुरु हुने गर्छ । यो वर्ष कात्तिक २२ गते मुख्य मेला परेको छ ।

मन्दिरमा वर्षैभर पूजाआजा र बलि चढाउने भएपनि हरिबोधनी एकादशिका दिनबाट विशेष तरिकाले पूजाआजा हुन्छ भने बलि चढाउनेको संख्या पनि धरै हुन्छ । एकादशिदेखि चतुर्दशिसम्म विशेष पूजाआजा हुन्छ र पूर्णिमाको दिन भव्य मेला लाग्ने गर्दछ । एकादशिका र पूर्णिमाको दिन बलि चढाउन नमिल्ने तर पुजाआजा भने हुने मेला व्यवस्थापन समितिले जनाएको छ ।

शनिबार देखि २१ गते चतुर्दशीका दिन सम्म भने बोकाको बलि चढाउका साथै पुजाआजा हुने गर्छ । डिग्रे मेला जिल्ला तथा कर्णाली प्रदेशकै ठूलो धार्मिक मेला हो । यस मन्दिरमा रुकुम पश्चिम संगै छिमेकी जिल्ला रुकुम पूर्व, जाजरकोट, सल्यान, रोल्पा, दाङ संगै अन्य जिल्लाका भक्तजनहरु पनि मेला भर्न तथा दर्शनका लागि आउने गर्दछन् ।

यस मन्दिरमा दर्शन तथा पुजाआजा गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विस्वास रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित