१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

प्रत्यक्षतर्फको मतपत्र छपाइ सकियो


१८ कार्तिक २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छाप्न दिएको थियो। आयोगले दिएको २० गतेसम्मको समयसीमाभन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाइ कार्य सम्पन्न गरेको हो।

शुक्रबार जनक शिक्षा सामग्रीमा मतपत्र छपाइसम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए। उनले आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छपाइ सकिएको र नमुना मतपत्र २२ लाख गरी कुल करिब आठ करोड २५ लाख मतपत्र छपाइ भएको बताए।

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको जानकारी दिँदै प्रदेश १, मधेस र बागमतीमा चाँडै मतपत्र ढुवानी हुने बताए। समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ।

आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० मतदाता रहेका छन्। यी मतदाताहरूले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। जसअनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर