२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा


१७ कार्तिक २०७९, बिहिबार  

9
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहिबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधवारबाट जारी थुनछेक बहस बिहिबार पनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । शुक्रवार पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नेछन् ।

बिहिबारको बहसपछि सञचारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताईन । उनले सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गरेको बताईन । उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन ।

बाँकी निर्णयका लागि भने अदालतको फैसला नै कुर्नुपर्ने उनको भनाइ थियो । उनले सन्दीप लामिछानेको पक्षमा आफूहरुले दरो प्रमाण पेस गरेको दाबी गरिन् । अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताईन ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ