१५ बैशाख २०८२, सोमबार । April 28, 2025

साफ च्याम्पियनसीपमा नेपालको जित, भूटान ७–०ले पराजित



काठमाडौं । पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भूटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

बङ्गलादेशको ढाकामा बिहीबार भएको खेलमा भूटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल गर्‍यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्यो । नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

वर्षाले खेलको सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन् । त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५औँ मिनेटमा थप एक गोल गरिन् । नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरिन् भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन् । यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई ८–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भूटानको सहभागिता रहेको छ । अब नेपालले आफनो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा