४ असार २०८३, बिहिबार । June 18, 2026

निर्वाचनमा सिमाना कडाइ गर्ने सम्बन्धमा दुई देशबीच छलफल


१७ कार्तिक २०७९, बिहिबार  

15
Shares

सुनसरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरु बीच छलफल भएको छ ।

भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरी जिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा शतर्कताको सम्बन्धमा छलफल गरेका हुन् । बिहीवार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको सुपौल जिल्लाको जिल्लाधिकारी कौशलकुमार लगायतको टोलीको सहभागिता रहेको थियो ।

बैठकमा निर्वाचनको बेला सीमामा हुनसक्ने अवैध क्रियाकलापलाई रोक्ने सम्बन्धमा छलफल भएको छ । छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खुला सीमानाको बोर्डरबाट हुने अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने सम्बन्धमा कुराकानी भएको बताए ।

उनले निर्वाचनको ७२ घण्टा अगाडीदेखि सीमा बन्द गर्ने विषयलाई कसरी कडाइका साथ पालना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए । बैठकपछि भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशलकुमारले नेपालको निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमामा आफूहरुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

उनले निर्वाचन हुनु ७२ घण्टा अगाडी बोर्डरमा कडाइ गर्न आफूहरु तयार रहेको र सोही अनुरुप तयारी गर्ने पनि बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा