२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

भक्तपुरमा मतदाता शिक्षा सुरु, ४८ स्वयंसेविका परिचालन



भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले बिहीबारबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ ।

आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

उनले बिहीबारदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा दुई/दुई स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्न अभियान सुरु गरेको बताए । कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाएको छ ।

मतदाता शिक्षाका लागि कार्यालयले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा–वडामा परिचालन गरेको छ । मत चिन्हको वरिपरिको घेरामा नछोइनक मतदान गर्नेबारेमा शिक्षा दिने बताउँदै उनले अभियानमा खटिएका कुनै पनि स्वयंसेविकाले अभियानको फाइदा उठाएर कुनै दलको चुनाव चिन्हमा मतदान गर्न सिकाएको पाइएमा निर्वाचन आयोगले निर्देश गरेअनुसार कारवाही हुने जानकारी दिए ।

मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ