१ आश्विन २०८३, बिहिबार । September 18, 2026

भक्तपुरमा मतदाता शिक्षा सुरु, ४८ स्वयंसेविका परिचालन


१७ कार्तिक २०७९, बिहिबार  

18
Shares

भक्तपुर । जिल्ला निर्वाचन कार्यालयले बिहीबारबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ ।

आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

उनले बिहीबारदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा दुई/दुई स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्न अभियान सुरु गरेको बताए । कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाएको छ ।

मतदाता शिक्षाका लागि कार्यालयले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा–वडामा परिचालन गरेको छ । मत चिन्हको वरिपरिको घेरामा नछोइनक मतदान गर्नेबारेमा शिक्षा दिने बताउँदै उनले अभियानमा खटिएका कुनै पनि स्वयंसेविकाले अभियानको फाइदा उठाएर कुनै दलको चुनाव चिन्हमा मतदान गर्न सिकाएको पाइएमा निर्वाचन आयोगले निर्देश गरेअनुसार कारवाही हुने जानकारी दिए ।

मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  २ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ