१८ फाल्गुन २०८१, आइतबार । March 2, 2025

आजदेखि राजनीतिक दल र उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाईने



काठमाडौं । बिहिबारबाट विभिन्न राजनीतिक दल तथा उम्मेदवारले मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबारदेखी निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको बताएको छ ।

उक्त दफा १३ को (म) मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने ब्यहोरा सबैको जानकारीका आयोगले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट

हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक सन्चालनमा

मुगु । हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड सञ्चालनमा आएको छ

सेयर बजारमा उत्साह, १४ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह

नेपाल आईपुगे इटालियन लेजेन्ड गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल

एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडरमा पूजा र कुँवर नियुक्त

रुपन्देही । नेपाली यू १९ महिला क्रिकेट टोलीकी कप्तान पूजा