२ कार्तिक २०८३, सोमबार । October 19, 2026

इमान्दार भएर काम गर्न मातहतका निकायलाई मेयर शाहको निर्देशन


१६ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने मेयर शाहको भनाई छ । बुधबार काठमाडौंमा आयोजित वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने धारणा समेत राखेका छन् ।

जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाहरुले बाधा अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने मेयर शाहले बताए । उनले स–साना केसहरु ५ देखी १० बर्ष अदालतमा अड्किने भन्दै त्यसो हुन नहुने बताए । स्थानिय सरकारले यस्ता बिषयलाई सम्बन्धीत निकायमा लैजान सहयोग गर्नुपर्ने भन्दै नागरिक प्रति बफादार भए मात्रै राम्रो काम गर्न सकिने उनले बताए ।

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने पनि उल्लेख गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि