१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकीको लगातार दोस्रो जित


१६ कार्तिक २०७९, बुधबार  

6
Shares

काठमाडौं । काठमाडौंंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै गण्डकीले दोस्रो जित निकालेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रन बनाउन सफल भएको थियो । कर्णालीका हिमांसु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन ।

गण्डकीका सुवास भण्डारी र चन्द्र पौडेलले तिन तिन विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो । गण्डकीका लागि अभिषेक बस्नेतले ८ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय इनिङ खेले । जितसँगै गण्डकी २ खेलमा ४ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा रहेको छ । यस्तै बुधवार नै भएको अर्को खेलमा वागमती प्रदेश लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको छ ।

यससँगै वागमतीले लगातार तेस्रो हार व्यहोरेको छ । मुलपानी क्रिकेट मैदानमा वागतमीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ दशमलव ४ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो । लुम्बिनीका लागि कप्तान देव खनालले अविजित ७७ रन जोड्दा प्रजोल थापाले २९ रन जोडे । यसअघि टस जितेर ब्याटिङ रोजेको वागमतीले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो ।

वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३३, दुर्गेश थापाले ३२ र ओपनर आशुतोषले २२ रन जोडे । वागमतीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अंकको स्कोर बटुल्न सकेनन् । लुम्बिनीका अनिल खरेलले सर्वाधिका ४ विकेट निकाल्दा विशाल विक्रम केसी र अभिषेक गौतमले समान दुई दुई विकेट लिए ।

जितसँगै लुम्बिनी १ खेलमा २ अंक जोड्दै समूह ‘बि’ को दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली