१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ


१६ कार्तिक २०७९, बुधबार  

6
Shares

ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ ।

तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ ।

बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले अलैँची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो । अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्‍याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका अलैँची किसान ज्ञानबहादुर गुरुङले बताए ।

अलैँची सिजनका कारण दसैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताए । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान) मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताए। फुङ्लिङ नगरपालिका–६ बिहिवारेका किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताए। घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए।

यि त केही प्रतिनिधि मात्र हुन्। जिल्लाभरका किसानलाई अहिले अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था