२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

प्रधानमन्त्री कप क्रिकेट

मंगलबार भएका २ खेलमा प्रदेश १ र एपिएफ क्लव विजयी


१५ कार्तिक २०७९, मंगलबार  

21
Shares

काठमाडौं । अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा वागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश १ ले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा वागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो । जवाफी ब्याटिङ गरेको वागमतीले ४५दशमलव ५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । वागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए ।

ओपनर इशान पाण्डेले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६ र रामनरेश गिरीले अविजित २८ रनबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् । वागमतीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का लागि सार्वन यादवले सर्वाधिक ३ तथा दीपक जोशी, फिर्दोस अनसारी र कप्तान सिद्धान्त लोहनीले २–२ विकेट लिए । लव कामतको नाममा १ विकेट रह्यो ।

प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली एपिएफ क्लवले सुदूरपश्चिम प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको छ । खेलमा भुवन कार्कीको ४ विकेटको शानदार बलिङबाट एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुवन कार्कीको कसिलो बलिङका कारण सुदूरपश्चिम प्रदेश २७ ओभरमा समेटिएको थियो ।

सुदूरपश्चिमले २७ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको थियो । ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफले ११ दशमलव २ ओभरमा बिना विकेट पूरा गरेको थियो । एपिएफका लागि ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले अविजित क्रमश २५ र ४२ रन जोड्दै जित निश्चित गरेका थिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि कप्तान तथा विकेटकिपर राजु रिजालले सर्वाधिक २५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

कसिलो बलिङ गरेको एपिएफका लागि भुवन कार्कीका अलावा कमल ऐरी र मौसम ढकालले समान २/२ विकेट हात पार्दा किशोर महतो र अमर रौटेलाले १/१ विकेट निकाले । प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी तथा मुलपानी मैदानमा वागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по