२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

भ्रष्टाचारिलाई सुनपानी छर्न निर्वाचन हुन लागेका हो : प्रकाण्ड



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन् ।

मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन । उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए ।

निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनबिरोधी र राष्ट्रबिरोधी हर्कत गर्ने उनको भनाई छ । आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरुलाई गाउँ–गाउँबाट लखेट्ने बताए । प्रवक्ता विश्वकर्माले दलहरुले घोषणापत्रमा नेताहरुको सम्पतीको छानबिन गर्ने कुरा राखेका उल्लेख गर्दै दुधको साँचि बिरालो भएको टिप्पणी गरे ।

सबैभन्दा बढी भ्रष्टले सम्पती छानबिन गर्ने कुरा गर्नु जनतालाई मुर्ख बनाउनु भएको उनको भनाई छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको