२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

भ्रष्टाचारिलाई सुनपानी छर्न निर्वाचन हुन लागेका हो : प्रकाण्ड


१५ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका छन् ।

मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिएका हुन । उनले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताए ।

निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनबिरोधी र राष्ट्रबिरोधी हर्कत गर्ने उनको भनाई छ । आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरुलाई गाउँ–गाउँबाट लखेट्ने बताए । प्रवक्ता विश्वकर्माले दलहरुले घोषणापत्रमा नेताहरुको सम्पतीको छानबिन गर्ने कुरा राखेका उल्लेख गर्दै दुधको साँचि बिरालो भएको टिप्पणी गरे ।

सबैभन्दा बढी भ्रष्टले सम्पती छानबिन गर्ने कुरा गर्नु जनतालाई मुर्ख बनाउनु भएको उनको भनाई छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ४ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ