७ कार्तिक २०८३, शनिबार । October 24, 2026

अर्घाखाँचीमा आचारसंहिता विपरित वितरण गर्न लागिएको पाइप नियन्त्रणमा


१५ कार्तिक २०७९, मंगलबार  

39
Shares

अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार सोमबार निर्वाचन कार्यालयसहितको टोलीले उक्त खानेपनीको पाइप जफत गरेको हो । टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर– ६ मा पाइप समातेको जिप्रकाले जनाएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपहि हामीले पाइप बोक्ने गाडीलाई पच्छ्याएका थियौं। हामी आएको थाहा पाएपछि उनीहरुले गाडीमा नै पाइप छोडेर भागेका थिए ।’

घिमिरेले भने ‘हामीले बाँड्न लगिँदै गरेको ५ बण्डल पाइप नियन्त्रणमा लिएका छौँ।’ अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी पक्षका व्यक्तिहरुले उक्त पाइप बाँढ्न लग्दै गरेको फेला परेको घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि