४ असार २०८३, बिहिबार । June 18, 2026

अर्घाखाँचीमा आचारसंहिता विपरित वितरण गर्न लागिएको पाइप नियन्त्रणमा


१५ कार्तिक २०७९, मंगलबार  

39
Shares

अर्घाखाँची । अर्घाखाँचीमा निर्वाचन आचारसंहिता उल्लघन गर्दै मतदातालाई प्रभाव पार्न वितरण गर्न लागिएको खानेपानीको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयले जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार सोमबार निर्वाचन कार्यालयसहितको टोलीले उक्त खानेपनीको पाइप जफत गरेको हो । टोलीले छत्रदेव गाउँपालिका वडा नम्बर– ६ मा पाइप समातेको जिप्रकाले जनाएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार पाइप बाँड्न लैजाँदै गरेको थाहा पाएपहि हामीले पाइप बोक्ने गाडीलाई पच्छ्याएका थियौं। हामी आएको थाहा पाएपछि उनीहरुले गाडीमा नै पाइप छोडेर भागेका थिए ।’

घिमिरेले भने ‘हामीले बाँड्न लगिँदै गरेको ५ बण्डल पाइप नियन्त्रणमा लिएका छौँ।’ अर्घाखाँचीबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी पक्षका व्यक्तिहरुले उक्त पाइप बाँढ्न लग्दै गरेको फेला परेको घिमिरेले जानकारी दिए।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा