२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

संवेदनशील निर्वाचन क्षेत्रको सुरक्षा जिम्मा सेनालाई



चितवन । निर्वाचनका बेला चितवनका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा सेनाले गस्ती बढाएको उनले जानकारी दिए । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उनले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताए ।

निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको उनको । मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उनले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष