२९ चैत्र २०८१, शनिबार । April 12, 2025

‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।

नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीको भनाई छ । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास उनको छ । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ ।

एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक