२९ चैत्र २०८१, शनिबार । April 12, 2025

देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने



काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रममा निमित्त कुलपति डा. जगमान गुरुङले देवकोटाका अध्यात्म एवं भारत र चीनबीचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

मुनामदनलाई चिनियाँ एवं तिब्बती भाषामा उल्था गर्ने र भारतका साहित्यकारहरुलाई सङ्ग्रहालय परिसरमा ल्याएर अन्तररक्रिया गरिने उनको भनाइ थियो । कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सङ्ग्रहालयमा देवकोटाका बारेमा विभिन्न विश्वविद्यालयबाट भएका शोध प्रबन्ध ल्याएर राख्नुपर्ने बताए।

त्यस्तै पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले धोबीधारास्थित देवकोटा जन्मिएको घरलाई पनि सङ्ग्रहालय बनाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक