२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुने


४ कार्तिक २०७९, शुक्रबार  

3
Shares

सुर्खेत । दशौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने भएको छ ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद बोर्ड बैठकले ०८१ मा हुने उक्त राष्ट्रिय खेलकुद आयोजना कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने निर्णय गरेको हो । कर्णाली खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालका अनुसार कुन महिना हुने भन्ने कुराको टुङ्गो लाग्न बाँकी छ ।

आयोजना सम्पन्न गर्नका लागि कर्णालीमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशालाको काम धमाधम भइरहेको छ । ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजना निर्माणको काम सुरु भएको ठिक एक बर्ष पुगेको छ । गौरवको योजनाको कुल लागत लागि एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ रहेको छ ।

रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाउने तयारी भइरहेको छ भने भलिबल, बास्केटबल लगायतका खेलहरु खेल्न मिल्नेछ । यस्तै, भिआइपी, ‘वेटिङ रुम, भिआइपी प्याराफिट, मेडिकल वार्ड, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ