७ कार्तिक २०८३, शनिबार । October 24, 2026

काठमाडौं क्षेत्र नं ४ मा चन्दले गगन थापालाइ समर्थन गर्ने


४ कार्तिक २०७९, शुक्रबार  

3
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघिय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्दले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने भएका छन् ।

क्षेत्र नं ४ का अगुवा नागरिक समाज र विभिन्न व्यक्तित्वहरु, मतदाता र युवा बर्गहरु संगको विभिन्न चरणको भेटघाट, छलफल मार्फत आसन्न निर्बाचनमा नेपाली कांग्रेसका युवा नेता तथा जनताका आशा भरोसाका केन्द्र गगन थापालाइ सहयोग गर्ने निर्णय अनुसार उम्मेद्वारी मनोनयन दर्ता नगरी गगन थापा जिताउँ अभियानमा लागेको चन्द बताउछन ।

गगन थापा अहिलेका युवा पुस्ताका जुझारु नेता र देशलाई नेतृत्व गर्न सक्ने क्षमता भएका नेतामा पर्छन यधपी उनीमा भएको कमी कमजोरीलाइ आत्मालोचना गर्दै काठमाडौं क्षेत्र नं ४ को लागि जनताको भावना अनुरुप विकास उन्मुख काम गर्ने प्रतिबद्धता र संकटमा रहेको संसदीय प्रणालीलाइ सुधार गरि देश र जनताको हितमा काम गर्ने उनको बचन बद्धताको कारणले यस निर्बाचनमा गगन थापालाइ पूर्ण साथ सहयोग गर्ने सुर्य चन्दले बताए ।

मुलुकले परिबर्तन खोजिरहेको समयमा नेपाली जनताहरु बीच लोकप्रिय बनेका युवा नेता गगन थापालाइ मंसिर ४ गते हुनगईरहेको चुनाबमा प्रत्यक्ष तर्फ मतदान गरि अत्याधिक बहुमतले जिताउन तथा गगन थापाको विकल्प अन्य नरहेको काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु समक्ष चन्दले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ३ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि