५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

छायाङ्कन भएकै गाउँमा देखाइयो ‘दुई नम्बरी’



काठमाडौं । असोज २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ तेस्रो सातामा चलिरहेको छ।

बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सकेको फिल्मले तेस्रो सप्ताहन्तमा पनि राम्रै शो पाएको छ । फिल्मले राम्रो सफलता हात पारेसँगै ल्वाङ गाउँमा पनि फिल्म देखाइएको छ। यो फिल्मको छायाङ्कन कास्कीको ल्वाङ गाउँमा खिचिएको हो। तर, हल नभएका कारण स्थानीय बासिन्दाले यो फिल्म हेर्न पाएका थिएनन्।

फिल्म प्रदर्शनीका लागि फिल्मको निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए । ल्वाङ गाउँमा २ सय भन्दा बढी स्थानीयको उपस्थितिमा प्रोजेक्टरबाट फिल्म देखाइएको हो। फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए। भने, ‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं। स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो।’

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय रहेको यस फिल्मले २ सातामा ६ करोड बढी ग्रस कलेक्शन गरिसकेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन