४ असार २०८३, बिहिबार । June 18, 2026

छायाङ्कन भएकै गाउँमा देखाइयो ‘दुई नम्बरी’


४ कार्तिक २०७९, शुक्रबार  

3
Shares

काठमाडौं । असोज २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ तेस्रो सातामा चलिरहेको छ।

बक्स अफिसमा उत्कृष्ट कमाइ गर्न सकेको फिल्मले तेस्रो सप्ताहन्तमा पनि राम्रै शो पाएको छ । फिल्मले राम्रो सफलता हात पारेसँगै ल्वाङ गाउँमा पनि फिल्म देखाइएको छ। यो फिल्मको छायाङ्कन कास्कीको ल्वाङ गाउँमा खिचिएको हो। तर, हल नभएका कारण स्थानीय बासिन्दाले यो फिल्म हेर्न पाएका थिएनन्।

फिल्म प्रदर्शनीका लागि फिल्मको निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए । ल्वाङ गाउँमा २ सय भन्दा बढी स्थानीयको उपस्थितिमा प्रोजेक्टरबाट फिल्म देखाइएको हो। फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए। भने, ‘फिल्म हिट भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन आएका हौं। स्थानीयको ठूलो सहयोगका कारण फिल्मको छायांकन गर्न सहज भएको थियो।’

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतको अभिनय रहेको यस फिल्मले २ सातामा ६ करोड बढी ग्रस कलेक्शन गरिसकेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा