२४ बैशाख २०८२, बुधबार । May 7, 2025

लिज ट्रसले राजीनामा दिएसँगै बढ्यो पाउन्डको भाउ



एजेन्सी । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएसँगै डलरको तुलनामा पाउन्ड स्टर्लिङको भाउ बढेको छ।

त्यस्तै, सरकारी ऋण लागत पनि घटेको बीबीसीले उल्लेख गरेको छ। ट्रसले राजीनामा घोषणा गरेपछि पाउन्ड एकको १।१३ डलर पुगेको थियो। धेरै अनिश्चितता बाँकी रहे पनि लगानीकर्ताहरू राजीनामाको समाचारबाट खुसी देखिएको एक विश्लेषकले बताए ।

नयाँ प्रधानमन्त्रीले विश्वास पुनर्स्थापित गर्न छिटो कदम चाल्नुपर्ने व्यवसायी समूहहरूले बताएका छन्। पाउन्डको मूल्यमा गिरावट आउँदा विदेशबाट बेलायतमा आयात गरिएका सामान र सेवाहरूको मूल्य बढ्छ। पाउन्ड डलर वा यूरोको तुलनामा कमजोर हुँदा बेलायतका कम्पनीहरूलाई खाना, कच्चा पदार्थ वा विदेशी पार्टपुर्जालगायत सामान किन्नको लागि बढी लागत लाग्छ ।

गत महिना डलरको तुलनामा पाउन्ड हालसम्मकै न्यून भएको बेला सरकारी ऋण लागत तीव्र रूपमा बढेको थियो। तर, बैंक अफ इङ्गल्याण्डले आपतकालीन सहयोग कार्यक्रम घोषणा गर्नुका साथै जेरेमी हन्ट चान्सलर भएर लगभग सबै मिनी-बजेटका नीतिहरू उल्टाएपछि यी लागतहरू घटेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनाव: सीमावर्ती क्षेत्रमा विद्यालयदेखि एयरस्पेससम्म बन्द

एजेन्सी । भारतले पाकिस्तानको भूभागमा गए राति गरेको हवाई आक्रमणसँगै

भारत-पाकिस्तान युद्धः यस्तो छ दुबै देशको दाबी

एजेन्सी । भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको भीषण

शौचालयमा चिप्लिएर माओवादी अध्यक्ष प्रचण्ड घाइते, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

भारतको ‘अपरेशन सिन्दूर’: पाकिस्तानमा मिसाइल हमला,कम्तिमा ३० जनाको मृत्यु

एजेन्सी । जम्मु–कश्मीरको पहलगाममा भएको घातक आक्रमणको १५ दिनपछि भारतले

तीन वायु प्रणाली सक्रियः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको