२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

संविधान मिच्नेहरुलाई पाखा लगाउने समय आयो : दाहाल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन । दाहालले मंसिर ४ पछि देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिनुपर्नेमा जोड दिए ।

उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको बाटोमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले त्यसको ब्याटल सत्ता गठबन्धनले नै जित्नुपर्ने बताए । देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको उनको भनाई छ ।

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाको लागि गठबन्धन बनेको उल्लेख गर्दै दाहालले यो गठबन्धन अहिले मात्रै नभएर २०४६ सालदेखि बनेको उल्लेख गरे । यस्तै खाले गठबन्धनले २०५६ सालमा पञ्चायत ढालेको र २०६२ र ०६३ सालको आन्दोलनमा पनि कांग्रेस र कम्युष्टि मिलेर राजतन्त्र फालेको वृतान्त सुनाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष