१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

संविधान मिच्नेहरुलाई पाखा लगाउने समय आयो : दाहाल


४ कार्तिक २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन । दाहालले मंसिर ४ पछि देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिनुपर्नेमा जोड दिए ।

उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको बाटोमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले त्यसको ब्याटल सत्ता गठबन्धनले नै जित्नुपर्ने बताए । देशले जित्ने हो कि होइन, लोकतन्त्रले जित्ने हो कि होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको उनको भनाई छ ।

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षाको लागि गठबन्धन बनेको उल्लेख गर्दै दाहालले यो गठबन्धन अहिले मात्रै नभएर २०४६ सालदेखि बनेको उल्लेख गरे । यस्तै खाले गठबन्धनले २०५६ सालमा पञ्चायत ढालेको र २०६२ र ०६३ सालको आन्दोलनमा पनि कांग्रेस र कम्युष्टि मिलेर राजतन्त्र फालेको वृतान्त सुनाए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र