२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

५ हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण


३ कार्तिक २०७९, बिहिबार  

0
Shares

कास्की । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स ५ हजार मिटर दौड पुरुषमा विभागीय टोली एपिएफका गोपीचन्द्र पार्कीले बिहीवार स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको अन्तिम दिनको खेलमा पार्कीले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । ५ हजार मिटरमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९ दशमलव ९३ सेकेन्डमा पूरा गर्दै रजत पदक आफ्नो पोल्टामा पार्दा त्रिभुवन आर्मी क्लवका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाए ।

एथ्लेटिक्स २ सय मिटर दौडमा पुरुषतर्फ एपीएफका शिवराज पार्की र महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बिहीवार पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

एपिएफकै आशिष चौधरीले २२ दशमलव ०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते । त्रिभूवन आर्मी क्लवका युवराज बिकले २२ दशमलव ५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ