३० चैत्र २०८१, आइतबार । April 13, 2025

पहिलो त्रैमासमा आम्दानी र खर्च दुबै निराशाजनक



काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १४.८७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्ममा सरकारले कर तथा गैरकर राजस्व गरेर कुल २ खर्ब ८ अर्व रुपैयाँ राजस्व संकलन गरेको छ। कर राजस्व १ खर्ब ८२ अर्ब ३८ करोड तथा गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ। सरकारलाई ७९ करोड अनुदान प्राप्त भएको छ भने २२ अर्ब ७४ करोड बराबरको अन्य आम्दानी प्राप्त भएको छ। यसरी सरकारको समग्र आम्दानी घट्दा बजेट खर्च पनि उत्साहजनक छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा सरकारले १५।५२ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले कुल २ खर्ब ७८ अर्ब १६ करोड बजेट खर्च गरेको छ। सरकारले चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट खर्च गर्ने लक्ष्य लिएको छ। सरकारको विकास खर्च सदाझै निराशाजनक भए पनि चालू खर्चमा भने राम प्रगति भएको छ।

दसैंका कारण दिइने बोनसका कारण पनि असोज महिनामा मात्र १ खर्ब । १५ अर्ब चाल खर्च भएको छ। महालेखाको यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले

वीरगन्जमा कर्फ्यु अवधि थपियो, अवस्था अझै सामान्य छैन

पर्सा । दुई समुदायबीच उत्पन्न तनाव चुलिँदै गएपछि स्थानीय प्रशासनले

विश्वकप एसिया छनोट: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको आईसीसी

चार देशीय टी–२० सिरिजको फाइनलमा नेपालको टस जित, कुवेत ब्याटिङमा

काठमाडौं – हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिजको

सुनको उकालो यात्रा जारी : आइतबार नेपाली बजारले नयाँ रेकर्ड छोयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्दै नयाँ