२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पहिलो त्रैमासमा आम्दानी र खर्च दुबै निराशाजनक


२ कार्तिक २०७९, बुधबार  

0
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो त्रैमासमा १४.८७ प्रतिशतमात्र राजस्व संकलन गर्न सकेको छ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्ममा सरकारले कर तथा गैरकर राजस्व गरेर कुल २ खर्ब ८ अर्व रुपैयाँ राजस्व संकलन गरेको छ। कर राजस्व १ खर्ब ८२ अर्ब ३८ करोड तथा गैरकर राजस्व १९ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ। सरकारलाई ७९ करोड अनुदान प्राप्त भएको छ भने २२ अर्ब ७४ करोड बराबरको अन्य आम्दानी प्राप्त भएको छ। यसरी सरकारको समग्र आम्दानी घट्दा बजेट खर्च पनि उत्साहजनक छैन ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा सरकारले १५।५२ प्रतिशत बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म सरकारले कुल २ खर्ब ७८ अर्ब १६ करोड बजेट खर्च गरेको छ। सरकारले चालू आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट खर्च गर्ने लक्ष्य लिएको छ। सरकारको विकास खर्च सदाझै निराशाजनक भए पनि चालू खर्चमा भने राम प्रगति भएको छ।

दसैंका कारण दिइने बोनसका कारण पनि असोज महिनामा मात्र १ खर्ब । १५ अर्ब चाल खर्च भएको छ। महालेखाको यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ