१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

महिला भलिबलमा सशस्त्रले चुम्यो उपाधि



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न महिला भलिबलमा विभागीय टिम सशस्त्र प्रहरी विजयी भएको छ ।

अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै सशस्त्रले उपाधी चुमेको हो । पहिलो सेट २५–१९, दोस्रो सेट ३०–२८ र चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जित निकालेको हो । सशस्त्रलाई पुलिसले तेस्रो सेटमा २४–२६ को अन्तरमा पराजित गरेको थियो ।

बिनिता बुढाथोकीको कप्तानीमा रहेको शसस्त्र र कमला पुनको नेतृत्वमा मैदानमा उत्रीएको पुलिस क्लबको खेल प्रतिस्पर्धात्मक रहेको थियो । यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति प्रदेश प्रतियोगितामा तेस्रो भएको छ ।

बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई क्रमश २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतिलाई २५–२० अन्तरमा जितेको थियो ।असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए ।

विजेता टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु १५ हजारका दरले पुरस्कृत गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको