३० चैत्र २०८१, आइतबार । April 13, 2025

बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु



बझाङ । बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सु.प.प्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो । जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुलेको छैन ।

अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको प्रहरीले जानकारी गराएको छ । मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याईएको छ ।

सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाई देखिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले