५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

वडा अध्यक्ष रिजाललाई आयोगले सोध्यो स्पष्टिकरण



काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।

वडाध्यक्ष रिजालले काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड क मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रचार वा गर्न नहुने तर स्थानीय कार्यापालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्था छ, ।

पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदा रहँदै काठमाडौँ महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गर्नु नपर्ने हो भनी जवाफ माग गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको