५ असार २०८३, शुक्रबार । June 19, 2026

मतदाता शिक्षालाई प्रभावकारी बनाइने


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

कर्णाली । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनको लागि मतदाता शिक्षालाई कर्णाली प्रदेशमा प्रभावकारी बनाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा बदर मत धेरै भएपछि मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको हो । निर्वाचन आयोगका विभिन्न जिल्लास्थित कार्यालयले मतदाता शिक्षा कार्यक्रमको प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । निर्वाचन आयोगले यो पटक मतदाता शिक्षाकालागि समुदायस्तर र घरदैलो कायक्रमलाई जोड दिने जनाएको छ । निर्वाचन कार्यालय दैलेखका प्रमुख निर्वाचन अधिकृत मनमाया कौचाले प्रत्यक पालिकामा जिल्ला निर्वाचन कार्यालयमार्फत नमूना मतदान कार्यक्रम गर्ने तयारी गरिएको बताईन् ।

प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले आयोगको निर्देशिका २०७९ अनुसार आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउनका लागि मतदाता शिक्षा अभियानलाई व्यापक बनाइने जानकारी दिएका छन् । यस्तै, प्रमुख रानीतिक दलहरुले पनि मतदाता शिक्षालाई जोड दिइएको जनाएका छन् ।

मतदातालाई मतदानका विषयमा जानकारी दिनु राजनीतिक दलको पनि कर्तव्य भएकाले मतदाता शिक्षा दिन तल्ला कमिटिलाई सर्कुलर गरेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताए । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङग शाहीले मतपत्रसहित कार्यकर्तालाई टोल– टोल र वडा–वडामा परिचालन गर्ने बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा