२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

मतदाता शिक्षालाई प्रभावकारी बनाइने



कर्णाली । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनको लागि मतदाता शिक्षालाई कर्णाली प्रदेशमा प्रभावकारी बनाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार गत स्थानीय तह निर्वाचनमा बदर मत धेरै भएपछि मतदाता शिक्षालाई प्रभावकारी बनाउने तयारी गरिएको हो । निर्वाचन आयोगका विभिन्न जिल्लास्थित कार्यालयले मतदाता शिक्षा कार्यक्रमको प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । निर्वाचन आयोगले यो पटक मतदाता शिक्षाकालागि समुदायस्तर र घरदैलो कायक्रमलाई जोड दिने जनाएको छ । निर्वाचन कार्यालय दैलेखका प्रमुख निर्वाचन अधिकृत मनमाया कौचाले प्रत्यक पालिकामा जिल्ला निर्वाचन कार्यालयमार्फत नमूना मतदान कार्यक्रम गर्ने तयारी गरिएको बताईन् ।

प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले आयोगको निर्देशिका २०७९ अनुसार आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउनका लागि मतदाता शिक्षा अभियानलाई व्यापक बनाइने जानकारी दिएका छन् । यस्तै, प्रमुख रानीतिक दलहरुले पनि मतदाता शिक्षालाई जोड दिइएको जनाएका छन् ।

मतदातालाई मतदानका विषयमा जानकारी दिनु राजनीतिक दलको पनि कर्तव्य भएकाले मतदाता शिक्षा दिन तल्ला कमिटिलाई सर्कुलर गरेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाहले बताए । नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङग शाहीले मतपत्रसहित कार्यकर्तालाई टोल– टोल र वडा–वडामा परिचालन गर्ने बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष