६ बैशाख २०८३, आइतबार । April 19, 2026

गणतन्त्रको रक्षाका खातिर गठबन्धनको जित अपरिहार्य : दाहाल


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए ।

निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे । उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए ।

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनको पक्षधर रहेको आरोप लगाए । उनले निरंकुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराए ।

उनले कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरेका छन् । उनले निर्वाचन सफल भएपछि गठन हुने गठबन्धनको सरकारले आर्थिक विकासको प्रक्रिया अगाडि बढाउने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित