५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

कला संस्कृतिको प्रवद्धर्न गर्ने मन्त्री भुसालको प्रतिवद्धता



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्धर्न गर्नकै लागि आफ्ना् उम्मेदवारी रहेको बताएकी छन् ।

मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन ।

उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन । पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि मन्त्री भुसालको भनाई छ ।

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्धर्न गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताईन। रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्धर्न गर्न जोड दिने पनि उनले बताईन ।

ललितपुरवासिका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्न समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै यसलाई हरेक घर, परिवारको आर्थिक उपार्जन सँग जोड्नुपर्नेमा उनले जोड दिईन । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्धर्न गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्ने पनि उनले प्रतिवद्धता जाहेर गरिन ।

यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न म प्रतिवद्ध रहेको उनले बताईन । उनले भनिन् अबको ५ वर्षमा ललितपुरवासीको गुणस्तरिय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान बिन्दु पनि हो ।

त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुप नीति र कार्यक्रम बनाउनका आवश्यक रहेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बारामा टिपर र कार ठोक्किँदा दुईको ज्यान गयो, चालक फरार

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ भुइँपुल नजिकैको पूर्व–पश्चिम राजमार्गमा

गभर्नर दौडमा डा. भट्ट अगाडि, रोक्न अदालतको बाटो रोजियो !

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. गुणाकर

अब दर्ता नगरे फेसबुक चल्दैन ! मन्त्री गुरुङले दिए प्रतिबन्धको संकेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक

डा.गुणाकर भट्ट गभर्नर बन्ने पक्का, कार्यकारी निर्देशकबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको