४ असार २०८३, बिहिबार । June 18, 2026

कला संस्कृतिको प्रवद्धर्न गर्ने मन्त्री भुसालको प्रतिवद्धता


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्धर्न गर्नकै लागि आफ्ना् उम्मेदवारी रहेको बताएकी छन् ।

मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन ।

उनले ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन । पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम बनाउन आफू प्रतिवद्ध रहेको पनि मन्त्री भुसालको भनाई छ ।

मन्त्री भुसालले ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवद्धर्न गर्दै डिजिटल प्रोफाइल तयार गर्ने बताईन। रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्धर्न गर्न जोड दिने पनि उनले बताईन ।

ललितपुरवासिका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्न समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै यसलाई हरेक घर, परिवारको आर्थिक उपार्जन सँग जोड्नुपर्नेमा उनले जोड दिईन । व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्धर्न गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्ने पनि उनले प्रतिवद्धता जाहेर गरिन ।

यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न म प्रतिवद्ध रहेको उनले बताईन । उनले भनिन् अबको ५ वर्षमा ललितपुरवासीको गुणस्तरिय जीवन जिउने आधार तयार हुनेछ । जुन समाजवादको प्रस्थान बिन्दु पनि हो ।

त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुप नीति र कार्यक्रम बनाउनका आवश्यक रहेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा