२३ चैत्र २०८१, आइतबार । April 6, 2025

महिला तर्फको भारोत्तोलनमा जूनमायालाई स्वर्ण



काठमाडौं । नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गर्दै स्वर्ण जितेकी छन् ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् । ​जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जीत्न सफल भएकी हुन् ।

एपीएफकि सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । यस्तै कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।

यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै स्वर्ण जितिन । यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार बहन गर्दै कास्य जितिन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ऐतिहासिक सफलताः एरिका गुरुङको स्वर्ण र अस्ट्रेलियन ओपनमा पाँच पदक

एजेन्सी । नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज चैत्र शुक्ल नवमीका दिन श्रद्धा र भक्तिपूर्वक

आईपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाबलाई ५० रनले हराउँदै सातौं स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा राजस्थान रोयल्सले

आईपीएलमा दिल्लीको अपराजित यात्रा कायमै, चेन्नई २५ रनले पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली

आइतबारका लागि कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको