३१ जेष्ठ २०८३, आइतबार । June 14, 2026

महिला क्रिकेटमा बागमतीले जित्यो कांस्य


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले कांस्य पदक जितेको छ ।

लुम्बिनीलाई ७ विकेटले हराउँदै बागमती कांस्य जित्न सफल भएको हो । कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा टस जित्दै फिल्डिङ रोजेको बाग्मतीले लुम्बिनीलाई निर्धारित २० ओभरमा ८७ रनमा रोक्यो । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य १६ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै बागमतीले पूरा गरेको थियो ।

बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक ४१ रन जोडिन् भने ओपनर अस्मिता खरेलले २०, कञ्चन श्रेष्ठले १० र अनिशा माझकोटीले १० रन जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ र सुस्मिता भुसालले १ विकेट लिए । पहिले ब्याटिङ गरेको लुम्बिनी बाट कप्तान सरस्वती घर्तीमगरले ३०, सुस्मिता भुसालले १३, आश्मा पुलामी मगरले ८, रञ्जु श्रेष्ठले र मधु डिसीले ४ रन जोडे ।

बागमतीका लागि बलिङतर्फ विपिशा शाहीले ४, सोनी पाख्रिनले २, स्पिनर खुशी डंगोलले ३ विकेट लिए । महिला क्रिकेटमा स्वर्ण पदकका लागि मंगलबार दुई विभागीय क्लब नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय