१९ चैत्र २०८१, बुधबार । April 2, 2025

महिला क्रिकेटमा बागमतीले जित्यो कांस्य



कास्की । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले कांस्य पदक जितेको छ ।

लुम्बिनीलाई ७ विकेटले हराउँदै बागमती कांस्य जित्न सफल भएको हो । कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा टस जित्दै फिल्डिङ रोजेको बाग्मतीले लुम्बिनीलाई निर्धारित २० ओभरमा ८७ रनमा रोक्यो । लुम्बिनीले दिएको ८८ रनको लक्ष्य १६ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै बागमतीले पूरा गरेको थियो ।

बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक ४१ रन जोडिन् भने ओपनर अस्मिता खरेलले २०, कञ्चन श्रेष्ठले १० र अनिशा माझकोटीले १० रन जोडिन् । लुम्बिनीका कृतिका मरासिनीले २ र सुस्मिता भुसालले १ विकेट लिए । पहिले ब्याटिङ गरेको लुम्बिनी बाट कप्तान सरस्वती घर्तीमगरले ३०, सुस्मिता भुसालले १३, आश्मा पुलामी मगरले ८, रञ्जु श्रेष्ठले र मधु डिसीले ४ रन जोडे ।

बागमतीका लागि बलिङतर्फ विपिशा शाहीले ४, सोनी पाख्रिनले २, स्पिनर खुशी डंगोलले ३ विकेट लिए । महिला क्रिकेटमा स्वर्ण पदकका लागि मंगलबार दुई विभागीय क्लब नेपाल पुलिस र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  २ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रेडियो नेपाल ३ करोड नेपालीको हो, कुनै एक व्यक्ति, पार्टी वा सरकारको होइन: मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाललाई

भूकम्प पीडितलाई राहत लिए म्यानमार उड्यो सेनाको राहत टोली

काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित

नेपाल र थाइल्याण्ड बीच पर्यटन, संस्कृति र व्यापारमा नयाँ सम्झौतामा हस्ताक्षर

बैंकक । नेपाल र थाइल्याण्ड बीच आज पर्यटन, संस्कृतिसँग सम्बन्धित

स्वतन्त्रताको नाममा हिंसा, तोडफोड र आगजनी निषेधित: राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताको नाममा हिंसा, तोडफोड, आगजनी

नेपाल र थाइल्याण्ड बीच व्यापारिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच