२८ श्रावण २०८३, बिहिबार । August 13, 2026

अपुग फूलमाला भारतबाट आयात हुने


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारका लागि मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने भएको छ ।

यस बर्षको तिहारमा २३ लाख २५ हजार स्वदेशी माला खपत हुने अनुमान गरिएको छ । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । कोभिडका कारण घटेको फुलको मागमा यस बर्ष भने वृद्धि भएको हो ।

नेपाल ९० देखी ९१ प्रतिशतसम्म तिहारको फुलमा आत्मनिर्भर छ । नपुगेको खण्डमा व्यापारिहरुले भारतबाट पनि माला आयात गर्ने गरेका छन् । गत बर्ष भारतबाट आयात गरिएका माला समयमै खपत नहुँदा फाल्नुपर्ने अवस्था समेत आएको व्यापारिहरुको गुनासो छ ।

यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत बढेको पनि एसोसिएसनले जनाएको छ । आव ०७८ ०७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरेको थियो । नेपालमा पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४३ हजार ५ सय भन्दा बढी जनशक्तिहरु रोजगार र आश्रित रहेको तथ्याङ्क छ ।

भारबाटा हुने फुलको आयातलाई रोक्न बारम्बार सरकारलाई आग्रह गरेपनि सरकारले कानमा तेल हालेर बस्ने गरेको गुनासो समेत एसोसिएसनले गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध