१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

पोल्ट्री व्यवसाय धरापमा, व्यवसायी विस्थापित हुने त्रास


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् ।

आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । अण्डा बजारका यावत समस्या समाधान गर्नकै लागि ठूला व्यवसायीले समिति निर्माण गरेर काम सुरु गरेका हन् ।

उनीहरूले ३० हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालक फार्म सङ्गठित भएर ‘नेपाल लेयर्स कुखुरापालक सङ्घ’ गठन गरेका हुन् । लेयर्स कुखुराका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । कतिपयको बैंकमा ब्याज तिर्न नसक्दा सम्पत्ति लिलामीको चरणमा समेत पुगेको छ ।

नवगठित सङ्घका अध्यक्ष विनोद पोखरेलले अस्थिर बजारका कारण अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी दिए । नवलपरासीमा चार लाख लेयर्स कुखुरा पाल्दै आएका दाउन्ने कर्पोरेशनका कार्यकारी निर्देशकसमेत रहेका उनले समयमै ध्यान दिन नसकेमा नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनुपर्ने अवस्था आउने बताउनुभयो ।

दैनिक दुई लाख ३१ हजार अण्डा उत्पादन र एक लाख ३० हजार सङ्कलन गरेर बजार पठाउँदै आएको जनाउँदै उनले अहिलेको लागत मूल्यमा अण्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान व्यहोर्नुपरेको बताउनुभयो । सङ्घले छरिएर रहेका व्यवसायीलाई सङ्गठित गरेर मूल्यमा एकरुपता ल्याउने, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, दानाको मूल्य घटाउन सरकारसँग पहल गर्ने र अण्डाको खपत बढाउने कुरामा लाग्ने र बैंकको चर्को ब्याजदरलाई घटाउनका लागि पहल गर्ने उनको भनाई छ ।

एक प्रतिशत भन्सार मूल्य तिर्दै आएको भटमास पिनाको भन्सार मूल्य नौ प्रतिशत हुँदा लागत मूल्य बढेको उनको भनाइ छ । सङ्घका संरक्षक एवं नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट हाल अण्डाको ८० प्रतिशत उत्पादन गर्ने व्यवसायी सङ्घमा रहेको जनाउँदै लागत मूल्य घटाएर उत्पादन बढाइ बजारीकरण गर्न सङ्घ लागि पर्ने बताए ।

महासङ्घसँग सहकार्य गरेर खपत बढाउने काममा लाग्नुपर्ने उनको भनाइ छ । व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले बजार धरासायी भएको जनाउँदै उनले सङ्गठित भएर व्यवसाय बचाउनुपर्नेमा जोड दिए । सङ्घका महासचिव शोभाकान्त ढकाल करिब–करिब व्यवसाय समाप्त हुने अवस्थामा पुगेपछि सङ्गठित भएको बताउँछन् ।

स्याङ्जा जिल्लामा खिलुङ कालिका फार्ममा दुई लाख ५० हजार कुखुरा पाल्दै आएका ढकालको अहिले अण्डामा लागत मूल्य प्रतिगोटा रु १५ हुँदा बिक्री मूल्य रु १० मात्रै रहेको र एउटै अण्डामा पाँचदेखि छ रुपैयासम्म नोक्सान व्यहोर्दा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको गुनासो छ ।

दानाको कच्चा पदार्थको मूल्य र बैंकको ब्याज घटाउन नसकेमा व्यवसायी नटिक्ने उनको भनाइ छ । सरकारले व्यवसायीको मर्का नबुझेकाले आफैँ सङ्गठित भएर समस्या समाधानतर्फ लागेको उनि बताउँछन् । ठूला व्यवसायी सङ्गठित भएर लाग्नुपर्ने अवस्था आएको सङ्घका सचिव मदन पोखरेल को भनाई छ । अबपनि व्यवसायी र सरकार सहकार्य गर्न नसके नेपालको पोल्ट्री व्यवसाय समाप्त हुने उनि बताउँछन् ।

नेपालको पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्ब लगानी रहेको छ । यसको झण्डै आधा हिस्सा लेयर्स कुखुरापालनमा रहेको छ । अहिले दैनिक ४५ लाख हाराहारी अण्डा उत्पादन हुँदै आएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था