२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीका आवेदन


१ कार्तिक २०७९, मंगलबार  

0
Shares

काठमाडौं । नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ। सोमवार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र बोर्डमा पठाएको छ। बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्स तीन किसिमका हुनेछन् ।

पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । बोर्डले तोकेको पुँजी संरचनाअनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ, सेयर खरिदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्ता पुँजी ६० करोड रुपैयाँ र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुजी हुनुपर्छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ