३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।

सोमवार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएक हुन । केन्द्रिय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहेका भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे ।

उनले आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भुमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको स्पष्ट पारे निर्वाचनलाई प्रतिकुल असर पार्नेगरी कुनै हुलदंगा गर्ने, निर्वाचन बिथोल्ने कामहरु हुन्छन् भने त्यसलाई नियन्त्रण गर्नलाई स्थानीय प्रशासनले तत्काल आदेश जारी गर्नसक्ने अवस्था विद्यमान रहेको पनि उनले औँत्याए ।

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहीता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुर्पा प्रहार गरि बुबाद्वारा छोरी र भतिजाको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित शुक्रनगरमा एक दर्दनाक पारिवारिक

ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको

सगरमाथा संवाद प्रारम्भ: जलवायु परिवर्तन, हिमाल र मानवको भविष्यबारे अन्तर्राष्ट्रिय बहस

काठमाडौं । काठमाडौंमा आजदेखि ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के

रुस-युक्रेन युद्धः ट्रम्प-पुटिन भेट बिना प्रगति नहुने कूटनीतिज्ञको दाबी

एजेन्सी । टर्कीको इस्तानबुलमा तय गरिएको युक्रेन-रुस शान्ति वार्तालाई लिएर