२६ असार २०८३, शुक्रबार । July 10, 2026

राइड शेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक


३१ आश्विन २०७९, सोमबार  

12
Shares

काठमाडौं । नयाँ राइड शेयरिङ प्लेटफर्म जाउँ गुरू सार्वजनिक भएको छ ।

आईतबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा ‘जाउँ गुरु’ को औपचारिक उद्घाटन गरिएको हो ।कम्पनी तीन युवा इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् । जाउँ गुरूले दैनिक यात्रालाई सहज बनाउने कम्पनीका अध्यक्ष इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।

अहिले काठमाडौँ उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि विस्तार गरिने लिङ्देनको भनाइ छ ।जाउँ गुरु एपमा लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरु रहेका छन् ।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपत्कालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाउँ गुरुले भने त्यसका अलावा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जिप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर