३० चैत्र २०८१, आइतबार । April 13, 2025

नवौं राष्ट्रिय खेलकुद

जयरानीले तोडिन् आफ्नै कीर्तिमान



पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै कीर्तिमान तोड्दै डबल स्वर्ण जित्न सफल भएकी छन् ।

यसअघि ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । सोमबार उनले एथ्लेटिक्सको महिलातर्फ १०० मिटर हर्डल्समा पनि स्वर्ण जितेकी हुन । जयरानीले दुईटै खेलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भएकी हुन् । पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितेकी छन् ।

आइतबार भएको खेलमा जयरानीले ४०० मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेर कीर्तिमानसहित स्वर्ण जितेकी हुन् । यस्तै, १ मिनेट ०६.०६ मा पूरा गरेकी एपीएफकी भागिरथीकुमारी थारुले रजत पदक जितिन् भने एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चंदै कास्य पदक जितेकी छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने

काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन

कति छ आइतबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको एकको

एनएसएल:ललितपुर प्लेअफमा पुग्ने पहिलो टोली, बुटवल प्रतियोगिताबाट बाहिर

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत शनिबार त्रिपुरेश्वरस्थित

गुजरातको चार खेलको विजयी लयमा लखनउको झड्का

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत शनिबार भएको

हैदराबादले रच्यो इतिहासः अभिषेक शर्माको शतकले दिलायो रोमाञ्चक जित

शनिबार राजीव गान्धी स्टेडियममा आयोजित आईपीएल खेलमा सनराइजर्स हैदराबादले पन्जाब