१० पुस २०८२, बिहिबार । December 26, 2025

भेनेजुएला पहिरोमा परी ३६ को मृत्यु



एजेन्सी । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ ।

पहिरोमा परेर ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो खसेको थियो । भेनेजुएला सरकारले प्रभावित क्षेत्रमा तीन सय टन खाद्यान्न र पानी वितरण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

तीन हजार भन्दा बढी सदस्यहरू पुलिस र दमकल विभागहरू, नागरिक सुरक्षा एजेन्सी र बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू उद्धार प्रयासहरुमा मद्दत गर्न खटाइएको छ ।भेनेजुएलाका राष्ट्रपति निकोलास मोदुरोले आइतबार सो दुर्घटनाको घोषणा गरेका थिए। उनले आइतबारदेखि तीन दिनसम्म देशव्यापी रुपमा शोकको पनि घोषणा गरेका छन् ।

यहाँको उत्तरी आर्गु प्रान्तमा अविरल वर्षापछि नदीहरु बढेका र यसपछि आएको बाढीबाट पहिरो गएको पनि राष्ट्रपति मोदुरोको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिका अनुसार राष्ट्रपति मोदुरोले विपद्मा परेकालाई उद्धारका लागि खट्न पनि आग्रह गरिएको छ ।

पहिरोको नजिकका बस्तीहरुलाई पनि सार्न थालिएको छ ।त्यसका लागि पनि उद्धारकर्मी तथा सुरक्षा निकायका अधिकारीहरुले खटिरहेका बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist