२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मेमेपोखरीबाट फर्किने क्रममा दम्पतीको मृत्यु


२५ आश्विन २०७९, मंगलबार  

3
Shares

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१२, पत्थरकोटका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उहाँकी श्रीमती २६ वर्षीया शर्मिला तामाङको मेमेपोखरी घुमेर फर्किने क्रममा लेक लागेर यही असोज १९ गते दसैँको टीकाको राति मृत्यु भएको हो । योञ्जन दम्पतीको शव सोमबार सर्लाही ल्याइएको छ ।

दोर्दी र मस्याङ्दी गाउँपालिकाको सीमा क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइको स्याङ्बोमा लेक लागेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए। योञ्जन दम्पतीसँगै गएका बेंसीसहर नगरपालिका–१०, साँधुका १८ वर्षीय करण तामाङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । करिब चार हजार मिटर आसपास जुम्रोडाँडा क्षेत्रमा ढलेका योञ्जन भोलिपल्ट बिहीबार मृत भेटिएका थिए ।

उनकी श्रीमती भने हराइरहेकी थिइन् । उनको शव शनिबार फेला परेको थियो । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाको सिरानमा पर्ने मेमेपोखरी पुग्न लमजुङ सदरमुकाम बेंसीसहरबाट कम्तीमा तीन दिन लाग्छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ