६ असार २०८३, शनिबार । June 20, 2026

प्रत्यक्ष निर्वाचन नलड्ने भट्टराईको घोषणा


१७ आश्विन २०७९, सोमबार  

0
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्षतर्फ चुनाव नलड्ने घोषणा गरेका छन् ।

भट्टराईले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएका हुन । २०६४, ७० र ७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा विजयी गराएर सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा, दिदीबहिनी, दाजुभाइहरूमा हृदयदेखि आभार व्यक्त गर्दछु,’ भट्टराईले लेख्नुभएको फेसबुक स्टाटसमा भनिएको छ ।

उनले प्रत्यक्ष चुनाव नलडे पनि पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिबद्धता पनि जनाएका छन् । चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! भन्दै भट्राईले कतिपय मानिसहरूले जानी नजानी त्यस्तो सोचे पनि सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा नभएको बताएका छन् ।

सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता÷समाजको सेवा गर्ने साधन हो भन्ने कुरामा आप्mनो विश्वास रहेको उनको भनाई छ ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडाबाट चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिएका नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ का आकांक्षी थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ४ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा