१५ बैशाख २०८२, सोमबार । April 29, 2025

गुड्दागुड्दै बसमा आगलागी



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नंको यात्रुवाहक बसमा शनिवार साँझ एक्कासी आगलागी भएको हो ।बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ ।

बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए । उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए । गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् ।

आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा गिरावट, फाइनान्स क्षेत्रका कम्पनीहरूको वृद्धि

काठमाडौं । नेपाली सेयर बजारमा सोमबार परिसूचक र कारोबार रकममा

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

सङ्खुवासभामा चट्याङका कारण १७ भैँसी मरे

सङ्खुवासभा । मकालु गाउँपालिका–३ को कालोपातलमा वर्षासँगै आएको चट्याङका कारण

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जीनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने

शिक्षक संघर्ष जारीः अवस्था झन झन जटिल बन्दै

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग राख्दै शिक्षकहरूको प्रदर्शन काठमाडौंमा